पत्रकार सुरक्षा कार्यक्रम ल्याइँदै

काठमाडौं, २५ जेठ । पत्रकारको सुरक्षा अभिवृद्धिसम्बन्धी दुईवर्षे कार्यक्रम सञ्चालन हुने भएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय शान्ति प्रवद्र्धन कोषले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)मार्फत ‘पत्रकारको सुरक्षा अभिवृद्धि’सम्बन्धी परियोजना यसै वर्ष सुरु गरिन लागेको हो । उक्त परियोजनालाई सूचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ, फ्रिडम फोरम, सञ्चारिका समूहलगायतले कार्यान्वयनमा ल्याउने भएका छन् ।

द्वन्द्वपछि पनि पत्रकारले निर्धक्क भई सत्यतथ्य समाचार सम्प्रेषण गर्नसक्ने अवस्था नभएको भन्दै युनेस्कोले उक्त परियोजना सुरु गर्न लागेको युनेस्कोद्वारा शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि एक्सेल पाथेले द्वन्द्वपछिको अवस्थामा पनि नेपाली पत्रकारको सुरक्षा अवस्थामा सुधार आउन नसकेकाले परियोजनाअघि बढाइएको बताए ।

प्रतिक्रिया