‘खनालको ठाडो आदेशमा निर्वाचन स्थगित’

काठमाडौं, २४ जेठ । एमाओवादी निकट अनेरास्ववियुका अध्यक्ष हिमाल शर्माले त्रिविका डीन र अन्य पदाधिकारीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
राजीनामाका लागि दवाव दिन आफूहरुले आन्दोलन गर्ने उनले चेतावनी समेत दिए ।
मिडिया इन्टरनेसनलले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले निर्वाचन गराउन नसक्ने पदाधिकारीहरुलाई पदमा बसिरहने नैतिक आधार नरहेको बताए । उनले निर्वाचन गर्न सक्ने परिस्थिति हुँदाहुँदै पनि त्रिविले स्ववियू निर्वाचन स्थगित गरेको दाबी गरे ।
‘एमाले अध्यक्ष झलनाथ खनालको ठाडो टेलिफोन आदेशबाट त्रिविले स्ववियू निर्वाचन स्थगन गरेको हो,’ उनले आरोप लगाए ।
राजनीतिक रुपमा पराजय हुनेहरुले स्ववियू निर्वाचन स्थगित गरेको अध्यक्ष शर्माको भनाई थियो ।

प्रतिक्रिया