राजनीतिक दलको मुख ताक्दैनौं : उप्रेती

काठमाडौं, २४ जेठ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले संविधानसभाको मिति सातदिनभित्र घोषणा गरिने बताएका छन् ।
राजधानीमा आज (शुक्रबार) आयोजित कार्यक्रममा उप्रेतीले निर्वाचनको मितिका लागि राजनीतिक दलहरुको मुख नताक्ने बताए ।
‘निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘मिति घोषणा गर्नका लागि दलहरुको मुख ताक्दैनौं ।’
उनले मंसिर सात गतेभित्र निर्वाचन गर्ने गरी मिति तय गरिने दाबी गरे ।

प्रतिक्रिया