तीन टिभीबाट हस्पिटल

sakar-pantकाठमाडौं : मानव शरीरमा देखिने विभिन्न स्वास्थसम्बन्धी समस्यालाई कलात्मक ढंगबाट चेतना फैल्याउने उद्देश्यले टेलिचलचित्र हस्पिटल निर्माण गरिएको छ । निर्देशक एवं कलाकार साकार पन्तद्वारा निर्देशित यो टेलिचलचित्रको निर्माण डा. वसन्त पन्तको सोचमा अन्नपूर्ण न्युरो अस्पतालले गरेको हो ।
विभिन्नखाले जनचेतनामूलक कार्यक्रममा आफूलाई सरिक गराउँदै आएको यो अस्पतालले पन्त फिल्म प्रोडक्सनको सहकार्यमा टेलिचलचित्र निर्माण गरेको हो । गत वैशाख २६ गतेबाट हरेक बिहीबार बेलुकी ७:२५ मा नेपाल टेलिभिजन र हिमालय टेलिभिजनबाट हरेक बिहीबार बेलुकी ७:३० र टिटिभीबाट हरेक शनिबार बेलुुकी ८:३० र १०:३० मा प्रसारण हँुदै आएको छ । टेलिचलचित्रमा कलाकार सन्तोष पन्त, सिरु विष्ट, राधेश्याम सत्याल, मुकुन्दकिशोर भट्टराई, रमेश अधिकारीलगायत थुप्रै नवकलाकारको अभिनय छ । (सौस)

प्रतिक्रिया