मधेसमा दुई प्रदेश बनाउन सकिन्छ : देव

राजविराज, २४ जेठ । फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्रनारायण देवले पूर्वका ३ र पश्चिमका चार जिल्ला गरी ७ जिल्लालाई अलग नगरी दुई मधेस प्रदेशमा साथ दिए एकीकृत माओवादीसँग सहकार्य गरिने बताएका छन् ।

पार्टीको सप्तरी २ नम्बर क्षेत्रीय विस्तारित भेलालाई बिहीबार हनुमाननगरमा सम्बोधन गर्दै नेता देवले यस्तो प्रस्ताव अघि सारेका हुन् । देवले पूर्वका झापा, मोरङ र सुनसरी तथा पश्चिमका चितवन, बर्दिया, कैलाली र कञ्चनपुरलाई समेट्ने गरी मधेसलाई दुई प्रदेशमा स्वीकार गरे एकीकृत माओवादीसँग सहकार्य गरेर अघि बढ्न सकिने बताए । मधेसलाई दुईभन्दा बढी प्रदेश बनाउन खोजे कसैसँग पनि सम्झौता नहुने उनले स्पष्ट पारे ।
‘कांग्रेस र एमाले संघीयताप्रति इमानदार छैनन्,’ उनले भने, ‘एमाओवादी पनि ढुलमुले छ तर मधेसमा दुई प्रदेश बनाउने सर्त आए सहकार्य हुन सक्छ ।’

प्रतिक्रिया