राजधानीमा खानेपानी आपूर्ति बन्द गर्ने

Paniकाठमाडौं, २३ जेठ । सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै ‘खाने पानी संयुक्त संघर्ष समिति’ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
काठमाडौंको अनामनगरस्थित मिडिया इन्टरनेसनलको कार्यकक्ष आज (बिहीबार) पत्रकार सम्मेलन गरेर समितिले चक्काजाम, कोणसभादेखि खाने पानी आपूर्ति बन्द गर्ने सम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।
माग पुरा गराउन सरकारलाई दवाव दिन समितिले जेठ–२६ गते आइतबार उपत्यका खानेपानी व्यबस्थापन बोर्डमा १ घन्टा धर्ना दिने, २८ गते २ घण्टा धर्ना, ३० गते कार्यालयमा तालाबन्दी, असार १ र २ गते सम्पूर्ण सरकारी कार्यालयमा पानी आपूर्ति बन्दको कार्यक्रम राखेको छ ।
त्यसै गरी असार–२ गते काठमाडौं उपत्यकामा १ घण्टा चक्काजाम र असार–३ गतेदेखि अनिश्चितकालीन खानेपानी आपूर्ति बन्द गर्ने समितिले जनाएको छ ।
आन्दोलनमा रहेका उद्योगीले खानेपानीमा भ्याट छुट गरिनुपर्ने, खाने पानी ढुवानीमा लगाइने सबै कर मिनाहा गरिनुपर्ने, खाने पानीलाई अत्यावश्यक बस्तुमा समाबेश गरिनुपर्ने, बन्द उद्योगहरु संचालन गरिनुपर्नेलगायतका माग राखेका छन् ।

प्रतिक्रिया