ट्याक्टर दुर्घटना दुईको मृत्यू / नौं घाईते

dangदेउखुरी, २३ जेठ । दाङको लमही–घोराही सडक खण्डको मुसोटमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा नौं यात्रु घाईते भएका छन् ।

भालुवाङबाट घोराही तर्फ मजदुर लिएर जाँदै गरेको लु १ त ८१९२ नम्वरको ट्याक्टर लक्ष्मीपुर–३, मुसोट खोलाको उकालोमा आज (बिहीबार) विहान पौने चार वजे दुर्घटना भएको एसपी भेषबहादुर शाहले जानकारी दिए ।
मृत्यू हुनेमा अर्घाखाँची जिल्ला पाण्डेपानी निवासी २२ वर्षीय ऋषिराम मगर र दाङ जिल्ला चैलाही–३, देउपुर निवासी २० वर्षीय रामबहादुर चौधरी रहेका छन् । घाईतेको घोराही र लमहीमा उपचार भईरहेको छ ।

प्रतिक्रिया