छविको लोफर सकियो

Lofar-Sourya-Dailyकाठमाडौं : निर्माता छवि ओझाले निर्माण गरेका पछिल्लो चलचित्र लोफरको छायांकन सकिएको छ । वैशाख अन्तिम साताबाट छायांकन सुरु भएको यसचलचित्रको अभिनेता दयाहाङ राईको केही दिनको छायांकन बाँकी भए पनि मंगलबारबाट सकिएको बताइएको छ ।
अभिनेता दायाहाङ मोटाएका कारण उनको केही दिनको काम बाँकी भए पनि अन्य सबै काम सकिएकोले चलचित्र सकिएको भनेको हुँ निर्माता छविले भने, चलचित्रको सम्पादन नसकिँदै बाँकी काम गर्नेछाँै ।
पूर्ण फर्मुला शैलीमै निर्माण गरिएको लोफर आगामी असोज २५ गते फुलपातीका दिन रिलिज गर्ने योजना निर्माता छविमा छ । एक्सन, लभ, रोमान्स, कमेडीसहितको सुधारिएको मसलेदार फर्मुला चलचित्र लोफरलाई डेब्यु निर्देशक आदित्यविक्रम लम्सालले गरेका हुन् ।
आर्यन सिग्देल, दयाहाङ राई, कमलमणि नेपाल, सुशीलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल क्षत्री, रजनी केसी लगायतका कलाकारको चलचित्रमा अभिनय छ । (सौस)

प्रतिक्रिया