बम बिष्फोटमा तीन बालबालिका घाइते

bombसिराहा, २२ जेठ । सिराहा जिल्लामा सकेट बम खेलाउने क्रममा विष्फोट हुँदा तीन बालबालिका गम्भीर घाईते भएका छन् ।
बडहरामाल–१ मा आज (बुधबार) विहान सकेट बम विष्फोट भए पछि छर्रा लागेर रेनु मुखियाकी ११ बर्षीया छोरी किरण मुखिया, ९ बर्षीय छोरा सन्तोष मुखिया तथा भुरन मुखियाका १२ बर्षीय छोरा सर्वजित मुखिया गम्भीर घाइते भएका हुन् ।
सकेट बम रेनु मुखियाको घरमा बच्चाहरुले खेलाउने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ ।
स्थानीय राजेश बानियाको बारीमा सुतली बम फेला पारेर बालबालिकाले पटका भनी घरमा ल्याई दलानमा राखेर तातो खरानी हालेर कचौराले छोप्दा पड्केको प्रहरी भनाई छ ।
उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । घाइते मध्ये सर्वजित मुखियाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया