पहिरोमा पुरिएर आमा/छोरीको मृत्यू

dhankutaधनकुटा, २२ जेठ । अविरल बर्षासँगै झरेको पहिरोमा पुरिएर धनकुटाको महाभारत–२, थाक्चिङराङमा आमा/छोरीको मृत्यू भएको छ ।
आज (बुधबार) विहान करीव ४ बजे झरेको पहिरोले घर पुरिदा स्थानीय ८४ बर्षीय मकरमाया राई र छोरी ४८ बर्षीया दिलमाया राईको घटनास्थलमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सूर्यप्रसाद उपाध्यायले जानकारी दिए ।
पहिरोमा पुरिएका आमा/छोरीको शवलाई प्रहरी र स्थानीयको सहयोगमा बाहिर निकालिएको थियो ।
विरामी आमालाई भेट्न मंगलबार दिलमाया माईत आएकी थिईन् । आमा/छोरी भान्सा कोठाको भुईमा सुतेका बेला पहिरोमा परेका हुन् । परिवारका अन्य सदस्य भने शकुसल छन् ।

प्रतिक्रिया