दैलेखमा बस दुर्घटना/चार जनाको मृत्यू

Dailekha District

दैलेख, २२ जेठ । दैलेख जिल्लामा यात्रु बोकेको बस दुर्घटना हुँदा चार जनाको मृत्यू भएको छ ।
कालीकोटबाट दैलेख आउँदै गरेको ना ३ ख ४७३८ नम्वरको बस आज (बुधबार) दैलेखको नेपा–८, सिंआलीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३५ यात्रु घाईते भएका छन् । घाईते मध्य केही यात्रुको अवस्था गम्भीर छ ।
मृत्यू हुनेमा दैलेख सिगासैन–९ का तर्कबहादुर शाही, हर्कबहादुर बिक, भगी बिक, अछाम फूलेतोला–५ का कृष्णबहादुर रावलका ६ महिनाका छोरा क्षितिज रावलको रहेका छन् ।
खचाखच यात्रु बोकेर आउँदै गरेको बस नियन्त्रण गुमाई दुर्घटना भएको प्रहरी भनाई छ ।

प्रतिक्रिया