कमलरीहरुको निशानामा फोहर बोक्ने गाडी

Kamlari-Bardiyaदेउखुरी, २१ जेठ । आन्दोलनरत पूर्वकमलरीहरुले दाङको घोराहीमा फोहर बोक्ने सरकारी गाडीमा तोडफोड गरेका छन् ।
घोराही नगरपालिकाको फोहर संकलन गर्ने रा १ ग ११ नम्वरको गाडीमा आज (मंगलबार) कमलरीहरुले आक्रमण गरेर क्षतिपुर्‍याएका हुन् । उनीहरुले बन्दको अवज्ञा गरेको भन्दै आक्रमण गरेको जनाएका छन् ।
बजारबाट फोहर संकलन गरेर डम्पिङ गर्न जाँदै गरेको गाडीमा कमलरीहरुले घोराहीको तुलसीपुर चोकमा लाठी हानेर क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।
चलिरहेको गाडीमा लाठी हाने पछि गाडी अनियन्त्रित भएको थियो । पूर्वकमलरीले प्रहार गरेको लाठीबाट गाडीको लुकिङ गलास पनि फुटेको छ ।

प्रतिक्रिया