लोकतन्त्रको रक्षा अनिर्वाय : कोइराला

Sushil-Koiralaकाठमाडौं, २१ जेठ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्रको रक्षा गर्ने दायित्व सबैको रहेको बताएका छन् ।
राजधानीमा आज (मंगलबार) आयोजित कार्यक्रममा सभापति कोइरालाले लोकतन्त्रको मूल्य र मान्यतासँग आफूले कुनै सम्झौता नगर्ने बताए । ‘प्रजातन्त्र मास्न खोज्नेहरु अन्तत: आफै समाप्त भएर जाने छन्,’ उनले भने ।
उनले लोकतन्त्र विरोधीहरु आफै समाप्त भएर गएका प्रसस्त उदाहरण रहेको समेत बताए ।
एमाओवादीप्रति असन्तुष्ट कोइरालाले लोकतन्त्र विरोधी गतिविधि नगर्न सुझाव दिए । अहिले पनि प्रजातन्त्र विरोध शक्ति सलबलाई रहेको उनको भनाई थियो ।

प्रतिक्रिया