खुकुरी प्रहार गरी बुहारीको हत्या

Hatya 2रुकुम, २१ जेठ । रुकुम जिल्लामा एकमहिलाले आफ्नै भाईकी पत्नीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेकी छन् ।
घरायासी विबादमा सोमबार राति रन्मामैकोट–६ की लगन विकले भाईकी पत्नी हुकाम–२ की जगतमाया विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । विवादले उग्ररुप लिए पछि जगतमायाको हत्या भएको थियो ।
भाईकी पत्नी हत्याको अभियोगमा लगन विकलाई पक्राउ गरेको प्रहरी निरीक्षक ओमबहादुर कुवरले जानकारी दिए ।

प्रतिक्रिया