नेविसंघद्धारा तीन वटा सरकारी मोटरसाईकल तोडफोड

nebishangकाठमाडौं २० जेठ । स्वतन्त्र विद्याथी यूनियनको निर्वाचन स्थगनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको नेपाल विद्यार्थी संघले आज पनि देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । बिहान एक घण्टा क्याम्पस अगाडि प्रदर्शन गरेको संघले आज दिउँसो सरकारी सवारी साधन चल्न नदिने बताएको छ ।
त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शनमा उत्रेका विद्यार्थीहरु र प्रहरीबीच झपड भएको छ । झपडका क्रममा चार जना नेविसंघ कार्यकर्ता घाईते भएको संघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । घाईते हुनेमा सञ्जय यादव, अर्जुन गौतम, कलम ठकुराठी र आयुषमान बिष्ट रहेको लामिछाने बताए । प्रहरीले हस्तक्षेप गरेपछि आक्रोशित विद्यार्थीहरुले तीन वटा सरकारी मोटरसाईकल तोडफोड गरेका छन् ।
आउँदो जेठ २३ हुने भनिएको स्ववियू निर्वाचन त्रिविले केही दिन सूचना जारी गर्दै स्थगन गरेको थियो । विद्यार्थी संगठनहरुबीचको बिवाद नमिलेपछि त्रिविले निर्धारित समयमा स्ववियू गर्न नसक्ने भन्दै स्थगन गरेको हो । नेविसंघले विद्यार्थी संगठनहरुबीचको विवादलाई देखाएर त्रिविले स्ववियू नै विघटन गर्न खोजेको आरोप लगाएको छ ।

प्रतिक्रिया