कांग्रेसद्धारा अनिश्चितकालिन जिल्ला बन्द

DSC02598दोलखा ,२० जेठ । नेपाली कांग्रेसले आव्हान गरेको अनिश्चितकालिन बन्दका कारण आज बिहानै देखि दोलखा जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानै देखि बजार र यातायात बन्द छन् भने विद्यालय पनि सञ्चालन गरिएको छैन ।
सदरमुकाम चरिकोटमा वाईसिएलले तरुण दल दोलखाका संयोजक सानु शेर्पालाई आक्रमण गरेको विरोधमा कांग्रेसले आज दोलखा बन्द गरेको हो । आक्रमणमा सहभागिहरुलाई कारवाहीको माग गर्दै हिजो देखि नै कांग्रेसले आन्दोलन सुरु गरेको हो । आक्रमणकारीलाई पक्राउ नगरेसम्म बन्द फिर्ता नलिने कांग्रेसले बताएको छ ।
जिल्लामा तनाव बढ्दै गएपछि प्रहरी प्रशासनले पनि छिमेकी जिल्लाबाट थप सुरक्षाकर्मी ल्याएको छ । अहिले चरिकोटमा ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया