स्ववियुको अनिश्चित भविष्य

जेठ २३ गतेलाई तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने भयो । विद्यार्थीहरूको झगडाका कारण क्याम्पसहरूमा तालाबन्दी र तनाव सिर्जना भएपछि निर्वाचन अनिश्चित कालका लागि स्थगित गर्नु परेको त्रिभुवन विश्वविद्यालयले जनाउ दिएपछि निर्वाचन नहुने पक्का भएको हो । कसका कारणले र किन स्ववियु निर्वाचन स्थगित गर्नु परेको हो भन्ने कुरा मोटामोटी सबैलाई थाहा छ । एमाओवादी र माओवादी निकट विद्यार्थी संगठन चुनावका पक्षमा थिएनन् । जुन निर्वाचनपछि आप्mनो भूमिकामा ह्रास आउ“छ त्यो निर्वाचनको औचित्य पनि रह“दैन । यही वस्तुगत तथ्यको मूल्यांकनपछि ती दुई विद्यार्थी संगठन निर्वाचनको विपक्षमा पुगेको अनुमान गर्न सकिन्छ । वास्तवमा जुन ‘स्कुलिङ’बाट अखिल क्रान्तिकारी विद्यार्थी दीक्षित भएका छन् उनीहरूको अभीष्ट ब्यालेट होइन, बुलेट नै हो । नौ वर्षअघि माउ पार्टीले दिल्लीमा गरेको सहमतिप्रति पनि ती संगठनका विद्यार्थीले चित्त बुझाउन सकिरहेका छैनन् । बुर्जुवा शिक्षालाई घृणा गर्दै रुकुम, रोल्पातिर थालेको जनवादी शिक्षाको धङधङीले पनि ‘क्रान्तिकारी’ विद्यार्थीलाई अप्ठ्यारो पार्नु स्वाभाविकै हो । एकातिर माउपार्टीको चुनावप्रति नकारात्मक सोच, अर्काेतिर पराजित हुने डर । यहीकारणले गर्दा उनीहरूका लागि चुनाव हुनुभन्दा नुहुनु नै उचित र उपयुक्त ठहर भयो । जबसम्म अखिल क्रान्तिकारीका लागि आफूले चुनाव जित्ने सुनिश्चित वातावरण बन्दैन तबसम्म स्ववियु निर्वाचन सम्भव छैन भन्ने पनि अहिलेको घटनाले पुष्टि गरेको छ । अन्यथा, उनीहरूले तालाबन्दी गरेर चुनाव रोक्नुपर्ने कुनै कारण थिएन । वर्तमान अवस्थामा मुख्य गरी एमाओवादी पार्टी अग्नि परीक्षामा धकेलिएको छ । यसले आप्mनो शाख जोगाउन सबै क्षेत्रमा हुने चुनाव जित्नै खोज्नु,  यदि त्यो हुन नसक्ने अवस्थामा चुनाव हुन नदिनु अथवा रोक्नु भा“ड्नु उसका लागि स्वाभाविक हो ।
नेपालका परिवर्तनकारी आन्दोलनमा विद्यार्थी संगठनहरूको भूमिका अग्रणी रह्यो । दलहरू प्रतिबन्धित अवस्थमा अखिल र नेविसंघले प्रजातान्त्रिक आन्दोलनलाई गतिशील बनाउन ऐतिहासिक जिम्मेवारी वहन गरे । विद्यार्थी संगठनहरूले विद्यार्थीको हक, हित र संरक्षणसहित राष्ट्रको अग्रगतिका बारेमा समेत सोच्न सक्नुपर्छ । किनकि उच्च शिक्षा लि“दै गरेको विद्यार्थीले नै भविष्यमा मुलुकको वागडोर समाल्नुपर्छ । मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि संस्थागत हुन नसकेका कारण भविष्य सुनिशित भइसकेको पाइ“दैन । यसलाई एकातिर पुरानै अवस्थामा फर्काउन चाहनेहरूले आक्रमण गर्दै छन् भने अर्कोतिर बहुलवादका विरोधीहरू भित्रैबाट लोकतान्त्रिक प्रणालीलाई असफल बनाउन भगिरथ प्रयत्न गर्दै छन् । अहिले स्ववियुको निर्वाचन रोकिनुलाई पनि यसै अर्थमा हेरि“दै छ । वास्तवमा स्ववियु निर्वाचन दलका लागि ‘मिनी’ जनमत मानिन्छ । विद्यार्थी निर्वाचनबाट दलहरूले आप्mनो स्थिति बुझ्ने गरेका थिए । तर, यो सत्य इतिहासको कुरा बनिसकेको छ । किनभने माओवादीले चुनावी प्रक्रियामा आइसकेपछि ‘जुनसुकै हालतमा चुनाव जित्ने’ उद्देश्य मात्र लियो । यसले स्वतन्त्र, निष्पक्ष र धा“धलीरहित भन्ने शब्दको समेत अपमान ग¥यो । उसको विद्यार्थी संगठनले पनि यही सिको र अहिले क्याम्पसहरूमा पनि त्यही धा“धलीको प्रारम्भ ग¥यो र यसैका कारणले निर्वाचन रोकियो ।
अधिराज्यभरिका सरकारी क्याम्पसमा तालाबन्दी गर्ने अखिल क्रान्तिकारी वैद्य समूहलाई गाली गर्नुको कुनै तुक छैन । दाहाल समूहका विद्यार्थीले कुनैकुनै क्याम्पसमा एकै दिनमा चार सय जनासम्म गैरविद्यार्थीलाई भर्ना गर्न भ्यायो । क्याम्पस प्रशासनले रातारात गैरविद्यार्थीलाई भर्ना गर्ने काम गरे । यसरी गैरविद्यार्थीहरू भर्ना गरेर चुनाव जित्ने एक मात्र उद्देश्य लिनु चुनाव हुन नदिनु नै हो । आप्mनो अवस्था नाजुक भएपछि बाहिरियाहरूलाई ल्याएर मतदाता बनाइन्छ भने त्यसलाई स्वतन्त्र निर्वाचन गर्न खोजिएको भन्न मिल्दैन । त्यो धा“धलीको सुरुको पराकाष्ठा हो । यस्तो अवस्था रोक्नुपर्ने थियो । तर, क्याम्पस प्रशासनसमेत उत्तै मिलेर निष्पक्ष र धा“धलीरहित निर्वाचन गर्ने आप्mनो दायित्वलाई तिलाञ्जलि दियो । यसरी विभिन्न तŒवको मिलोमतोमा स्ववियु निर्वाचन भरसक हुन नदिने, भइहालेमा दाहाल पक्ष विद्यार्थीले जित्ने पहिले नै तयार गरियो । अब स्ववियु निर्वाचन नहुने निश्चित भएको छ ।

प्रतिक्रिया