सभासद संख्या घटाए निर्वाचन हुन्न: पुन

barsaman-punकाठमाडौ, १९ जेठ । एनेकपा माओवादीका स्थायी समिति सदस्य वर्षामान पुनले सभासदको संख्या घटाए आसन्न संविधान सभा निर्वाचन हुन नसक्ने बताएका छन् ।

आज काठमाडौंमा पत्रकारहरुसंग कुरा गर्दै नेता पुनले सबै जातिको प्रतिनिधित्वका लागि पहिलाकै सभासद संख्या आवश्यक रहेको भन्दै संख्या घटाए निर्वाचन नै हुन नसक्ने ठोकुवा गरे । ‘हामीलाई त ४९१ को संख्यामा कुनै आपत्ति छैन, उनले भने, ‘महिला, मधेसी, जनजाती र दलितको प्रतिनिधित्व सुनिश्चित गर्न पुरानै ऐन अनुसार जानुपर्छ ।’
नेता पुनले ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउमा टेकेर सरकारले निर्वाचनको मिति घोषणा गर्दै अघि बढ्नु पर्ने बताए । उनले भने,–‘दलहरुलाई पर्खेर सरकार बस्नु हुँदैन । ११ बुँदे र २५ बुँदेमा अडिग रहेर निर्वाचनको मिति घोषणा गर्दै सरकार अघि बढ्नु पर्छ । हामी पूर्व सहमतिको पक्षमै छौ ।’ निर्वाचनमै नआउने दल नेकपा–माओवादीका लागि मन्त्रिपरिषद् अध्यक्षद्धारा प्रधानन्यायाधिस पदबाट राजिनामा दिनुको कुनै औचित्य नभएको पुनले स्पष्ट पारे ।

प्रतिक्रिया