पर्सामा नक्कली बाबु/छोरा पक्राउ

citizen ship indianपर्सा, १७ जेठ । नेपाली नागरिकताका लागि सिफारीस गर्ने नक्कली बाबु र भारतीय छोरा प्रहरीको फन्दामा परेका छन् ।
पर्सा जिल्लामा भारतीय नागरिकलाई छोरा बनाई नागरिकता दिलाउन खोज्ने पटेर्वा सुगौली–१ का चन्द्रदेव माझीलाई पक्राउ गरेको छ । उनले भारतीय नागरिकलाई आफ्नो छोरा बनाई नागरिकताका लागि सिफारीस गरे पछि प्रहरीले दुबैलाई पक्राउ गरेको जनाएको छ ।
नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा संचालित एकीकृत घुम्ती शिविरमा माझीले बिहीबार भारत पश्चिम चम्पारण भंगाहा थाना रामपुरका शंकर माझीलाई नागरिकताका लागि सिफारीस गरेका थिए ।
यस अघि नक्कली छोरा बनाई भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारीस गरेको अभियोगमा तराईका विभिन्न जिल्लाबाट उल्लेख्य व्यक्ति पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया