करेन्ट लागेर कैलालीमा दम्पतिको मृत्यू

kailaliकैलाली, १७ जेठ । कैलालीको कर्णाली चिसापानीमा करेन्ट लागेर एक दम्पत्तिको मृत्यू भएको छ ।
बलियास–९, कर्णाली चिसापानी बजार बस्दै आएका ६० बर्षीय धोजबहादुर तमट्टा र उनकी ५५ बर्षीय पत्नी तुल्सी टमट्टाको मृत्यू भएको हो ।
करेन्ट लागेर तुल्सी टमट्टाको घटना स्थलमै मृत्यू भएको आफन्तले जनाएका छन् । धोजबहादुरको भने उपचारका क्रममा लम्कीस्थित लालरत्न अस्पतालमा मृत्यू भएको हो ।
विगत एकबर्ष देखि धोजबहादुर रानीजमरा गुलरिया सिँचाई योजनामा चौकिदारीको काम गर्दै आएका थिए । उनका एक छोरा र दुई छोरी छन ।
टमट्टा दम्पत्तिको स्थायी घर बर्दिया जिल्लाको बानियावार–५, जोगिगाउँमा पर्छ ।

प्रतिक्रिया