बम विस्फोटमा ११ को मृत्यु

बग्दाद । ईराकमा छुट्टा–छुट्टै स्थानमा भएको बम बिस्फोटमा परी ११ जनाको मृत्यु भएको छ । ईराकको राजधानी बग्दादका विभिन्न ठाउँमा एकैसाथ कार बम विस्फोट हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विस्फोटमा थुप्रै घाईते भएका छन् । विस्फोट शिया समुदायलाईृ लक्षित गरी गराईएको ईराकी अधिकारीहरुको भनाई छ ।

ईराकमा दुई दिन अघि पनि कार बम बिस्फोट हुदा कयौंको ज्यान गएको थियो । घटनामा सुन्नी समुदायको हात रहेको आशंका गरिएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया