एमाओवादी सहमति उल्टाउन लागेको छ

Madhav nepal1पोखरा, १६ जेठ । एमालेका वरिष्ठ नेता माधव नेपालले एमाओवादीले प्रमुख दलहरुका बीच भएका सहमतिलाई उल्टाउन खोजेको अरोप लगाएका छन् ।
प्रेस चौतारीले आज (बिहीबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले विगतमा भएका सहमतिमा शीर्ष नेताहरु अडिग रहनु पर्ने बताए । ‘एमाओवादी विगतका सहमति उल्टाउन लागेको छ,’ उनले भने, ‘तोकिएको समयमा निर्वाचन गर्न अनेक बखेडा गर्नु हुँदैन ।’
उनले चार दलको मात्र नभई सबै दलसँग सहमति जुटाएर सरकार निर्वाचनको मिति तोक्न लाग्नु पर्ने बताए । सबैलाई समेटेर चुनावको वातावरण बनाउनु पर्ने उनको भनाई थियो ।
‘राष्ट्रिय सहमतिका लागि चुनाव बाहेक अर्को बिकल्प छैन,’ नेता नेपालले भने ।

प्रतिक्रिया