विद्युत्मा लगानी गर्न सुझाव

काठमाडौं, १६ जेठ । पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी १० वर्षमा पाँच हजार मेगावाट बिजुली उत्पादन गर्न कर्मचारी सञ्चय कोषले लगानी गर्नुपर्ने बताएका छन् । नेपालको एक मात्र सामाजिक सुरक्षा संस्था एवं प्रमुख लगानीकर्ता संस्थाका रूपमा परिचित कर्मचारी सञ्चय कोषमा कार्यरत कर्मचारीको संगठन ‘सञ्चय कोष कर्मचारी संघ’को १०औँ केन्द्रीय अधिवेशन बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालले कोषले ‘फास्ट ट्रयाक’, अन्तराष्ट्रिय विमानस्थल जस्ता उत्पादनशील तथा पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव दिए । उनले कोषमा उपलब्ध आर्थिक स्रोतलाई सामाजिक सुरक्षा र पूर्वाधार विकासको क्षेत्रमा परिचालन गर्न कोष व्यवस्थापनलाई अभिप्रेरित गर्न ट्ेरड युनियनको उल्लेखनीय भूमिका हुने विचार व्यक्त गरे ।
संघको काठमाडौंमा सम्पन्न दसैँ केन्द्रीय अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि कृष्णप्रसाद दाहालको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा धर्मराज मैनाली, उपाध्यक्षमा रविकुमार अर्याल, महासचिवमा शम्भु पौडेल, सचिव द्वयमा दामोदर उपाध्याय र डम्बरादेवी अर्याल तथा कोषाध्यक्ष देवीप्रसाद गौतम चयन गरेको छ । त्यसैगरी सदस्यमा कृष्णप्रसाद अधिकारी, विश्वनाथ राजभण्डारी, राजेन्द्र ढकाल, राजनकुमार रायमाझी, विश्वराज उपाध्याय, अर्जुन निरौला, दर्शन भट्टराई, पूर्णकुमारी बस्नेत, महेन्द्र बज्राचार्य, रामशरण लुर्इंटेल, निर्मला शर्मा, प्रकाश बस्नेत, लिली दाहाल (अर्याल) र पारसमणि भण्डारी चयन भएका छन् । संघको केन्द्रीय परिषद्को सभापतिमा केशवराज श्रेष्ठ र उपसभापतिमा जमुना पण्डित चयन भएका छन् ।

प्रतिक्रिया