उच्चस्तरीय समितिको बैठक बस्न सकेन

4 dal ka ne ji haruकाठमाडौं, १५ जेठ । मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्न बस्ने भनिएको उच्चस्तरीय राजनीतिक समितिको बैठक पुन: स्थगित भएको छ ।
संविधानसभा निर्वाचन मिति, कानून र अध्यादेशलगायतका विषयमा छलफल गर्न आज (बुधबार)का लागि समितिको बैठक राजधानीमा बोलाईएको थियो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनको मिति आजै घोषणा गर्नका लागि सरकारलाई सिफारिस गर्ने मंगलबार जनाएका थिए ।
गणतन्त्र दिवस र नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको एकनेताले जानकारी दिए ।
दलहरुका बीच निर्वाचन कानून, न्यूनतम मत संख्या, समानुपातिक सदस्यको संख्यालगायतमा विवाद छ । विवादित विषयमा सहमति जुटाएर निर्वाचनमा जानुपर्ने नेताहरुले बताउदै आएका छन् । बैठक भोलि (बिहीबार) बस्ने छ ।

प्रतिक्रिया