लोप हुँदै बालन गायन

दोलखा : परम्परादेखि धार्मिक कार्यक्रममा गाउँदै आइएको महाभारतको कथामा आधारित गायनसहितको नाच ‘बालन’ लोप हुने अवस्थामा पुगेको छ । बालन गाउन युवा पुस्ताले बेवास्ता गरेका कारण यो नाच लोप हुने अवस्थामा पुगेको हो ।
उमेरले २५ पार गर्न लागेका जफेका नरनाथ पोखरेल आफ्नो समयमा भन्दा अहिले बालन भन्ने क्रम घट्दै गएको बताउँछन् । ‘पहिले लगातार चार/पाँच रातसम्म बालन खेलेको सम्झदै उनले अहिलेका मानिसले यसमा चासो नदिएको बताए । ‘मैले अझै पनि यो परम्परा लोप हुन नदिन नयाँ पुस्तालाई तालिम दिने सोच बनाएको छु । तर, ठिटालाई जाँड खाने मात्रै ध्यान छ, केको सिक्थे,’ दिक्क मान्दै उनले भने । आफूलाई बालन खेल्न असाध्यै रहर लाग्ने र अहिले पनि मौका मिले राम्रै खेल्ने गरेको अनुभव सुनाउँछन्, जफेका माधव पोखरेल । पहिलेका संस्कार हराउन नदिन युवाले सिकेर खेल्दै जानुपर्ने उनको भनाइ छ ।  ‘युवाले सिक्ने मन गर्नुपर्‍यो  । पहिलाको संस्कार हराउनु भएन,’ उनले थपे । (सौस)

प्रतिक्रिया