ढिँडो र माछा खाँदा दश जना विरामी

Dhido souryadailyमकवानपुर, १४ जेठ । मकवानपुर जिल्लामा माछा र ढिंडो खाँदा दश जना गम्भीर विरामी परेका छन् ।
मनहरी–२, रुपादुरीका ४२ बर्षीय कृष्णबहादुर भोलनको घरमा आज (मंगलबार) पौने दश बजे विहान माछा र ढिँडो खाँदा परिवारका सबै विरामी परेका हुन् । उनीहरु फूडप्वइजनका कारण विरामी परेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
विरामी पर्नेमा कृष्णबहादुरका १५ बर्षीय छोरा प्रकाश भोलन, १८ बर्षीया जिनामाया भोलनसमेत एकै घरका दशजना असक्त भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको छ ।
विरामी परेका मध्ये २ जनाको अवस्था गम्भीर छ । विरामी पर्नुको कारण बारेमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । (तस्विर फाइल)

प्रतिक्रिया