मोटरसाईकल चोर्ने चार जना प्रहरी फन्दामा

भक्तपुर, १४ जेठ । भक्तपुर प्रहरीले उपत्यकाबाट विभिन्न समयमा चोरी भएका मोटरसाईकलसहित चार जनालाई सार्वजनिक गरेको छ ।
महानगरिय प्रहरी परिसर भक्तपुरले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर १५ वटा मोटरसाईकल सार्वजनिक गरेको हो । सिन्धुपाल्चोक प्रहरीसँगको सहकार्यतामा चोरीका मोटरसाईकल पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काभ्रे जिल्ला तीनघरे–५ का २२ बर्षीय विष्णु लामा, २१ बर्षका सानुकान्छा भन्ने राम लामा, काभ्रे देवीटारका २० वर्षीय अजय तामाङ र देवीटारकै १९ वर्षका राजेश तामाङ रहेको भक्तपुरका प्रहरी प्रमुख दिलीप चौधरीले जानकारी दिए ।

प्रतिक्रिया