चीन भ्रमणमा जान झालाई स्वीकृति प्रदान

काठमाडौं, १४ जेठ । सरकारले उपराष्ट्रपति परमानन्द झाको चीन भ्रमण स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को आज (मंगलबार) सिंहदरबारमा बसेको बैठकले उपराष्ट्रपतिले जेठ २१ देखि २६ गते सम्म गर्न लागेको चीन भ्रमण स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
राष्ट्रपति डा.रामवरण यादव चीन भ्रमण जान नमाने पछि सरकारले उपराष्ट्रपति झालाई पठाउन लागेको हो ।
त्यसै गरी, सरकारले भारतीय स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणका लागि बोलाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया