बुधबार निर्वाचनको मिति घोषणा हुन्छ

Baluwatar Pmकाठमाडौं, १४ जेठ । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ ।
राजधानीमा आज (मंगलबार) भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचन कानून र अध्यादेशका विषयामा कुराकानी भएको एमाओवादी अध्यक्ष दाहालले जानकारी दिए । उनले निर्वाचन मिति र अन्य विविध विषयमा कुराकानी भएको बताए । उनले भने, ‘भोलि संविधानसभाको मिति घोषणा हुन्छ ।’
निर्वाचन कानून र अध्यादेशका विषयमा दलहरुका बीच विवाद कायम छ । फौजदारी अभियोग लागेकाले पनि उम्मेद्वारी दिन पाउनु पर्ने, न्यूनतम मतल्याउनु पर्ने व्यवस्था हटाउनु पर्नेलगायतका विषयमा सहमति हुन सकेका छैनन् ।
रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन दवाव परिरहेका बेला उनले एमाओवादी अध्यक्ष दहालसँग परामर्श गरेका हुन् ।
कांग्रेस–एमालेले रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन दवाव दिएका छन् । एमाओवादी र मधेसी मोर्चाले रेग्मीको बचाउ गर्दै आएका छन् ।

प्रतिक्रिया