माओवादीद्वारा कैलालीमा फेरि जग्गा कब्जा

kailaliधनगढी, १४ जेठ । नेकपा–माओवादीका कार्यकर्ताहरुले कैलालीमा फेरी जग्गा कब्जा गरेका छन् । माओवादीले शान्ति प्रक्रिया पछि कैलालीमा जग्गा कब्जा गरेको यो तेस्रो पटक हो ।
माओवादी कार्यक्रकर्ताहरुले हिजो जिल्लाको थापापुर गाउ“ विकास समितिका दुई स्थानीयको जग्गा कब्जा गरेको हुन् । माओवादीका स्थानीय नेताहरूले थापापुर गाविस खोदाउपुरका प्रचण्ड शाहको पा“च र सोही गाविस महादेउली गाउ“का भरत शाहको साढे ११ विघा गरी साढे १६ विघा जगा कब्जा गरेका हुन ।
एरिया नम्बर १० का इन्चार्ज शेरबहादुर देउवा शिखरको नेतृत्वमा गएको टोलीले जग्गा कब्जा गरेको स्थानीयले बताए । सो जग्गा माओवादीले पहिले नै कब्जा गरेको हो । तर, जग्गा धनीले माओवादीले जग्गा कब्जा नगरेको हल्ला फैलाएपछि पुनः जग्गा कब्जा गरिएकोे नेकपा–माओवादी जिल्ला सक्रेटरी महेश बडुवालले बताए ।
यसअघि लालबोझी गाविस स्थानीय तथा पूर्वराजा ज्ञानेन्द्र शाहका सम्धी नवराजबहादुर सिंह २२ विघा र कोटातुल्सीपुर गाविसका देबबहादुर मल्लकोे ३० बिघा जग्गा कब्जा गरेको थियो ।

प्रतिक्रिया