′निर्वाचनका लागि लोकतान्त्रिक एकशक्ति एक ठाउँमा′

KP Oliसिन्धुपाल्चोक १३ जेठ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले एमाओवादी संविधानसभाको चुनाव हुन नदिने खेलमा लागेको बताएका छन् । ‘एमाओवादीले अझै सत्ता कब्जाको दिवा सपना देखेकाले कुनै हालतमा पनि चुनाव हुन नदिन खोजेको छ ।’ नेता ओलीले भने, ‘चुनाव गर्ने हो भने लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी छ ।’

नेकपा एमाले सिन्धुपाल्चोकको १ क्षेत्रीय सभालाई आज सम्वोधन गर्दै नेता ओलीले मंसिरमा संविधानसभाको चुनाव गर्न मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्याधीशबाट राजनीनामा दिन नपर्ने बताए । अहिलेसम्म भएका सहमतिलाई एमाओवादीले पालन गर्ने हो भने मंसिरमा चुनाव हुन कसैले रोक्न नसक्ने ओलीले दावी गरे । ‘११ वुदें र २५ वँदे राजनीतिक सहमतिलाई कार्यान्वयन गर्ने हो भने कुनै समस्या नै आउदैनथ्यो ।’ उनले भने ।

पछिल्लो चरणमा नागरिक समाजको नाममा भएको आन्दोलनप्रति असन्तुष्टि व्यक्त गर्दै नेता ओलीले नागरिक समाजको काम राजनीति गर्ने नभएको बताए ।

प्रतिक्रिया