कृषिबारे जनचेतना फैलाउन विद्यार्थी नै सक्रिय

चितवन, १३ जेठ । दिगो कृषि विकासका लागि सरोकारवालाहरु मौन बसेको भन्दै चितवनको कृषि तथा वन विज्ञान विश्व बिद्यालयका बिद्यार्थीहरु यसको संरक्षणमा जुटेका छन् ।
नेपालकै पहिलो कृषि विश्वविद्यालय भएपनि सरोकारवालाहरुले दिगो कृषि विकासका लागि चासो नदेखाएको भन्दै विद्यार्थीहरु नै संक्षरणमा जुटेका हुन् । “वातावरण जोगाउ, दिगो कृषि विकास गरौ” भन्ने नारा सहित उनीहरु दिगो कृषि विकासका लागी जुटेका छन् । बिएस्सी.एजी.छैटौ सेमिस्टरका विद्यार्थीहरुको सक्रियतामा ‘युथ ईको नेटवर्क’ गठन गरी काम शुरु गरेका छन् । नेटवर्क मार्फत् कृषकलाई कृषि परामर्शसगै समस्याको समाधान, जैविक विविधता संरक्षण, प्राङ्गगारिक खेती प्रणाली लगायतका विषयमा जानकारी दिन रामपुरबाट अभियान शुरु गरि देश भर सञ्चालन गर्न लक्ष्य राखेको नेटवर्ककी अध्यक्ष सिर्जना दुवाडीले जानकारी दिईन् ।

प्रतिक्रिया