चुनाव बहिस्कार गर्ने नीति होइन: बैद्य

mohan-baidhya-ji-1काठमाडौ, १३ जेठ । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले चुनाव बहिस्कार गर्ने पार्टीको नीति नभएको बताएका छन् ।
आज काठमाडौंमा पत्रकारसंग कुरा गर्दै अध्यक्ष बैद्यले आफुहरु सार्थक निर्वाचनको पक्षमा रहेकाले अहिले नै बहिस्कार गर्ने नीति नलिएको स्पष्ट पारे । उनले पार्टी पर्ख र हेरको नीतिमा रहेको बताए । ‘चैत १ गते दलहरुवीच भएको ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधाँ अड्काउ फुकाउ खारेज हुनुपर्छ, बैद्यले भने, सर्वपक्षी भेलाबाट दलको सरकार बनाएर निर्वाचनको प्रक्रिया अगाडि बढाए निर्वाचनको बातावरण बन्छ ।’
उच्चस्तरीय राजनीतिक समिति संबैधानिक नभएकोले वार्ता नगर्ने बैद्यले स्पष्ट पारे । सरकारले वार्ताको लागि पत्र पठाएको र आफूहरुले २५ बुँदे बाधा अडकाउ फुकाउ खारेज, नागरिकता वितरण बन्द, लोकमान सिह कार्कीको नियूक्ती बदर गर्नु पर्ने माग सहितको पत्र पठाएको जानकारी दिए । उनले यथास्थितिमा बार्ता नहुने बताए ।
एमाओवादी अध्यक्ष प्रचण्डले नेकपा–माओवादीसँग पार्टी एकता हुने हल्ला गरेर नेपाली काग्रेस र नेकपा एमालेलाई थर्काएको दावी गर्दै एमाओवादीसँग पार्टी एकता असम्भव रहेको बताए । उनले भने–′प्रचण्डले जुन बेला जे पनि भन्छन । पार्टी त्यसै विभाजित भएको होईन । उनीहरुले नौलो जनवाद छाडे, राष्ट्रिय स्वाधिनता छाडे, भारतीय विस्तारबादसँग मिले यस्तो अवस्थामा पार्टी एकीकरण असम्भव ।′

प्रतिक्रिया