तत्काल पार्टी एकता हुँदैन : सचिव चन्द

Netrabikram chandचितवन, १३ जेठ । नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्दले एमाओवादीसँग तत्काल पार्टी एकता हुने सम्भावना नहरको बताएका छन् ।
चितवनमा आज (सोमबार) आयोजित कार्यक्रममा चन्दले एमाओवादीका भ्रष्ट नेता पुष्पकमल दाहालसँग पार्टी एकता हुनै नसक्ने दोहर्‍याए । ‘फोहरको डुङ्गुरमा टुप्पी मात्र देखिने गरी बसेका पुष्पकमल दाहालसँग पार्टी एकता हुन सक्दैन,’ उनले भने, ‘क्रान्तिको झण्डा विदेशीका पाउमा लगेर बुझाइदिएका छन् ।’
यद्यपि, सचिव चन्दले क्रान्तिलाई धोका दिएको स्वीकार गरेर, माफी मागे पार्टी एकता हुन सक्ने बताए । ‘जनयुद्धको उत्तराधिकारी पार्टी नेकपा–माओवादीको बिचार र नीतिलाई माने मात्रै एकता सम्भव छ,’ उनले भने ।

प्रतिक्रिया