पत्रकारका दोषीलाई कारबाहीको माग

काठमाडौ, १३ जेठ । माओवादी सशस्त्रद्वन्द्वका क्रममा हत्या भएका पत्रकारका दोषीलाई कारवाही गर्न विभिन्न संघ/संगठनहरुले माग गरेका छन ।
स्वर्गीय पत्रकार कृष्ण सेन ‘ईच्छुक’को १३ औं स्मृत्ति दिवसका अवसरमारमा क्रान्तिकारी पत्रकार संघले आज (सोमबार) राजधानीमा आयोजना गरेको कार्यक्रममा दोषीलाई उन्मुक्ति दिन नहुँने जनाए ।
एमाओवादीका प्रचार विभाग सदस्य जोगबहादुर महराले सशस्त्रद्वन्द्वका क्रममा राज्यले पत्रकार कृष्णसेन ईच्छुकको हत्या गरेको दाबी गरे । उनले पत्रकार ईच्छुकका दोषीलाई हदै सम्मको कारबाही माग गरे ।
रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले सशस्त्रद्वन्द्वका क्रममा हत्या भएका सबै पत्रकारका दोषीलाई कारबाही माग गरे । उनले भने, ‘यो वा त्यो भन्ने बहानामा पत्रकारका दोषीलाई छुट दिईनु हुँदैन ।’
एमाओवादी निकट पत्रकार मनऋषि धितालले कृष्ण सेन ‘ईच्छुक’को मार्ग दर्शनलाई कुनै पनि प्रगितिशील पत्रकारले भूल्न नहुने बताए । उनले ‘ईच्छुक’ले देखाएको मार्ग चित्रमा आफू अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया