पर्यटक लुटिए

ताप्लेजुङ :  ताप्लेजुङको हाङ्देवामा पर्यटकको एक टोली लुटिएको छ । अध्ययनको सिलसिलामा ताप्लेजुङको याम्फुदिन पुगेर फर्किदै गरेको १७ जना अमेरिकी नागरिकको टोली सदरमुकामनजिकै लुटिएको हो । हाङदेवाको आसहाङ पार्टीमा बास बसेका बेला गए राति १२ बजेतिर उनीहरू लुटिएका प्रहरीले बताएको छ । प्रहरीले घटनाका शंकास्पद चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका डिएसपी गोविन्दप्रसाद  आचार्यका अनुसार प्रहरीले पक्राउ पर्नेहरूमा हाङदेवा–३ बस्ने १३ वर्षीय रोशन लिम्बु, सोही ठाउँका १६ वर्षीय वीरहाङ मादेन, कुमार श्रेष्ठ, १३ वर्षीय सुरेश मादेन तथा १४ वर्षीय प्रकाश मादेन रहेका छन् । अभियुक्तलाई अमेरिकी नागरिकबाट पाँच हजार नेपाली रुपियाँ, तीन सय अमेरिकी डलर, तीनवटा क्यामरा र दुईवटा मोबाइल सेट चोरी गरेको अभियोग रहेको छ । आचार्यले प्रहरी टोली घटनास्थलको मुचुल्का तयार गर्न घटना स्थलतर्फ गएको र विस्तृत विवरणपछि आउने जानकारी दिए । उक्त ठाउँ सदरमुकाम फुङलिङबाट एक घन्टाको पैदल दूरीमा छ । (सौस)

प्रतिक्रिया