स्ववियु चुनाव : टिकटका लागि दौडधुप

काठमाडौं, १३ जेठ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै गर्दा विद्यार्थी नेताहरू टिकटका लागि आ–आफ्नो संगठनभित्र ‘चलखेल’ गर्न थालेका छन् । काठमाडौंका प्रमुख क्याम्पसमा तालाबन्दी जारी रहे पनि विद्यार्थी स्ववियु अध्यक्षका दाबेदार नेताहरू दौडधुपमा लागेका छन् ।
एकीकृत माओवादीनिकट अनेरास्ववियु
(क्रान्तिकारी)ले एक हप्ताअघि नै देशभरिका मुख्य क्याम्पसहरूको अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसेकेको छ । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रन्तिकारी)ले उम्मेदवार छानिरहेका छन् । ती संगठनमा अध्यक्षका दाबेदार धेरै देखिएपछि समस्या परेको छ ।
मुख्यत: अनेरास्ववियु र नेपाल विद्यार्थी संघले अध्यक्षका उम्मेदवार धेरै भएकाले कसलाई टिकट दिए जितिन्छ भन्ने पर्खाइमा अझै उम्मेदवार छान्न सकेका छैनन् । दुवै संगठनका पार्टी पंक्ति नै उम्मेदवार
छनोटमा लागेका छन् । राजधानी र देशबाहिर रहेका क्याम्पसमा यी दुई संगठनमा केही अध्यक्ष पदका आकांक्षी उम्मेदवारको नाम चर्चामा आउन थालेको छ ।
अनेरास्ववियुले राजधानीका केही क्याम्पसमा उम्मेदवार चयन पनि गरेको छ । एक/दुई दिनभित्र सबै क्याम्पसमा उम्मेदवार तय गर्ने उसको तयारी छ । त्यस्तै, नेविसंघले मनोनयनको दिन मात्र उम्मेवदार सार्वजनिक गर्ने योजना बनाएको छ । संघले अहिले देखिएका सम्भावित उम्मेदवारको मूल्यांकन गरेर टिकट दिने तयारी गरेको छ ।
संघले आइबारदेखि प्रत्येक क्याम्पसमा केन्द्रीय सदस्यसहितको प्रतिनिधि टोली खटाएर संगठनभित्रको ‘पपुलर’ उम्मेदवारको खोजी गर्दै छ । प्रतिनिधि टोलीले सिफारिस गरेको आधारमा टिकट दिने संघका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताए । संघले अध्यक्ष रञ्जित कर्णको संयोजकत्वमा टिकट वितरण गर्ने समिति गठन गरेको छ । अध्यक्ष पदका उम्मेदवार धेरै देखिएकाले छान्न समस्या भएको कर्णले बताए ।
अनेरास्ववियुले पद्मकन्यामा सम्झना अधिकारी, ग्रामीण आर्दशमा प्रकाश ढकाल, थापाथली इन्जिनियरिङ पुष्प पौडेल र पब्लिक युथमा खेम मरासिनीलाई टिकट दिने निश्चित भएको छ । त्यस्तै, त्रिवि केन्द्रीय क्याम्पसमा सरोज यादव, माधव पन्त र ध्रुव राई अध्यक्ष पदको दाबेदारी गरिरहेका छन् । महेन्द्ररत्न क्याम्पस ताहाचलमा राधिका खतिवडा, कमलमणि गौतम र सुदर्शन सिवाकोटी, आरआर क्याम्पसमा विनोद खनाल र गिरेन्द्रबहादुर राई, शंकरदेवमा नारायण घर्ती र छवि चुडाल, अमृत साइन्स क्याम्पसमा वीरबहादुर वली, पुष्प राई र कमल शाही, सरस्वती क्याम्पसमा सुदेश पराजुली र दिनेश आचार्य अध्यक्ष पदका आकांक्षी उम्मेदवार छन् ।
त्यस्तै, नेपाल ल क्याम्पसमा बद्रीनारायण नगरकोटी, हरि मैनाली पाटन संयुक्तमा सुरेश ढकाल, चन्दन थापा, दिलीप लामा र ज्ञानु भण्डारीले अध्यक्षको दाबी गरिरहेका छन् । त्यस्तै, त्रिचन्द्र क्याम्पसमा समिक बडाल, ऐन महर र उमेश आचार्य, नेपाल कर्मस क्याम्पसमा भूपेन्द्र शाह, हर्क तामाङ र धर्म गिरी र पशुपति क्याम्पसमा सीता थापा रहेका छन् ।

त्यस्तै, अर्को ठूलो संगठन नेविसंघमा एकभन्दा बढी अध्यक्ष पदका आकांक्षी उम्मेदवार छन् । संघका तर्फबाट केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालयमा कैलाश कोइराला, मनीष सिजापति, गोकर्ण चन्द, भरत भट्ट र पवन भट्ट अग्रपंक्तिमा रहेका छन् । त्रिचन्द्र क्याम्पसमा नेविसंघ ईकाई अध्यक्ष कृष्ण जैशी, जयेन्द्र स्वार र विष्णु पौडेल, शंकरदेव क्याम्पसमा हरीश भण्डारी, तारामान रावल, मदन थापा र अञ्जना अर्याल, महेन्द्ररत्न क्याम्पस ताहचलमा बखत शाही, झलक कठायत र विराट कठायत, विश्वभाषा क्याम्पसमा भीम गौतम, लक्ष्मण गुरागाईं र गणेश थापा, रत्नराज्यलक्ष्मी क्याम्पसमा नेविसंघ इकाई अध्यक्ष डम्बर जोशी र दिनेश थपलिया, वाल्मीकिमा नीरज मिश्र र शिव पौडेल अध्यक्ष पदका आकांक्षी उम्मेदवार देखापरेका छन् ।
त्यस्तै, पाटन संयुक्त क्याम्पसमा दीपेन्द्र बान्तवा, बिके डंगोल र रामबहादुर थापा सभापतिका आकांक्षी हुन् । ग्रामीण आदर्श क्याम्पसमा सुशील भट्ट र गणेशमान तामाङ, मीनभवन क्याम्पसमा ओमजंग रावल, सनद घिमिरे र पद्मकन्या क्याम्पसमा महेश्वरी कुँवर, साधना घिमिरे र चन्दा अधिकारीमध्ये एउटाले संघको तर्फबाट टिकट पाउनेछन् ।
नेपाल ल क्याम्पसमा अमित थापा, गंगा कार्की, सचिता कुइँकेल, पब्लिक युथ क्याम्पसमा सञ्जीव न्यौपाने र सुशील तिमल्सिना, सरस्वती क्याम्पसमा रेणुका काउछा, सूर्य ढकाल र पुनल लामा, पशुपति क्याम्पसमा देवेन्द्र राई, गोपी शिवाकोटी र रमेश खड्का, अमृत साइन्स क्याम्पसमा सिजर भट्ट, बैकुण्ठमान जोशी संघको तर्फबाट अध्यक्ष पदका दाबेदार छन् । यस्तै, नेपालगन्ज बहुमुखी क्याम्पसमा लब मल्ल र माया पुन, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा राकेश यादव, सुधीर पट्टेल, मेघा शाहीमध्ये एक जनाले आगामी निर्वाचनमा सभापतिको टिकट पाउनेछन् । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा दीपक नेपाल र विनयनाथ आचार्य र कैलाली बहुमुखी क्याम्पसमा लोकेन्द्र रोकाया र केशव मिश्र अध्यक्षका दाबेदारका रूपमा देखिएका छन् ।
त्यस्तै, माओवादी निकट अखिल क्रान्तिकारीले केही क्याम्पसमा अध्यक्ष पदको उम्मेदवारी पक्का गरिसकेको छ । क्रान्तिकारीले एक दुई दिनभित्र उपत्यकमा रहेका स्ववियु अध्यक्षको घोषणा गर्ने तयारी गरेको छ । अध्यक्ष शरद रसाइलीले केही क्याम्पसबाहेक सबैमा उम्मेदवारी लगभग तय भइसकेको बताए । क्रान्तिकारीको केही क्याम्पसमा भने विवाद रहेको छ ।
क्रान्तिकरीले त्रिविमा रमेश अधिकारी र लोकेन्द्र विकमध्ये एकलाई टिकट दिनेछ । यस्तै, आरआरमा ललित विक, महेन्द्ररत्न ताहाचलमा दिनेश चन्द, अमृत साइन्समा प्रकाश शाही, शंकरदेवमा दीपेन्द्र गौतम, नेपाल ल क्याम्पसमा फणिन्द्र तिमिल्सेना, नेपाल कमर्स क्याम्पसमा मनोज गौतम, पद्मकन्यामा आस्था घिमिरेलाई उम्मेदवारी बनाउने पक्कापक्की गरेको छ । त्रिचन्द्रमा विकास डंगोल, नवीन पोखरेल र शिलु न्यौपाने, पशुपति क्याम्पसमा विनोद गौतम र सन्तोषी भट्टराई सानोठिमीमा एकराज रावल, बुद्धिलाल पुन र प्रेशिका राई रहेका छन् ।

एमाओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले उम्मेदारको घोषणा गरिसकेको छ । क्रान्तिकारीले त्रिवि केन्द्रीय क्याम्पसम डा. बाबुराम भट्टराईकी छोरी मानुषीलाई उम्मेदवार बनाउने भएको छ । मानुषी त्रिविकी वर्तमान स्ववियु सचिव हुन् ।
पहिलो चरण राजधानी र देशभरका १ सय ११ क्याम्पसमा क्रान्तिकारीले अध्यक्ष पदको उम्मेदवार घोषणा गरेको हो । दोस्रो चरणमा उम्मेदवार घोषणा गर्ने भनेपछि अनेरास्ववियु (क्रान्तिकारी) गर्न सकेको छैन । अखिल क्रान्तिकारीले नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई अमृतसाइन्स क्याम्पसबाट अध्यक्षको उम्मेदवार बनाएको छ । क्रान्तिकारीले पत्रकार सम्मेलन गरी आरआर क्याम्पसबाट सुरेन्द्र बस्नेत, महेन्द्ररत्न ताहाचलबाट ध्रुवविक्रम वली, पशुपति क्याम्पसमा इन्द्र भुसाल, पाटनमा हेम मोक्तान, सानोठिमी क्याम्पसमा गणेश बुढाथोकी, थापाथली इन्जिनियरिङ क्याम्पसमा चक्र भट्टलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
त्यस्तै, पब्लिक युथमा गोविन्द कँडेल, नेपाल ल क्याम्पसमा गणेश पाण्डे, नेपाल कमर्स क्याम्पसमा पवन कार्की, त्रिचन्द्र कलेजमा टेकेन्द्र जोशी, शंकरदेव क्याम्पसमा राजेश्वरी सुवेदी, पद्मकन्या क्याम्पसमा अनिता सापकोटा, विश्वभाषा क्याम्पसमा विनायक भट्टराई, वाल्मीकि विद्यापीठमा सन्तोष आचार्य, ग्रामीण आदर्श क्याम्पसमा सम्पूर्ण अधिकारीलाई अध्यक्ष पदको उम्मेदवार बनाइएको छ । त्यस्तै, क्रान्तिकारीले उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस पोखरामा गोविन्द केसी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा सूर्य घर्तीलाई अध्यक्षको उम्मेदवार बनाइसकेको छ ।

अन्योलमा चुनाव

विद्यार्थी संगठनहरूबीच एकमुष्ट भर्ना विवादका कारण स्ववियु निर्वाचन नहुने अन्योल बढेको छ । एकमुष्ट भर्नाबारेमा सहमति नहुँदा स्ववियु चुनाव नहुने अन्योल बढेको हो ।
सहमतिका लागि विद्यार्थी संगठनबीच छलफल भए पनि निष्कर्षमा पुग्न सकेका छैनन् । नेकपा–माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु र नेविसंघले एकमुष्ट र फर्जी भर्नाको खारेजीको माग राख्दै विभिन्न क्याम्पसमा तालाबन्दी गरेका छन् । एमाओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) ताला लगाएका क्याम्पसमा चुनाव नभए पनि अन्य क्याम्पसमा चुनाव गर्नुपर्ने पक्षमा छ ।
माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले जेठ २ र ३ गतेको भर्ना खारेजीको माग गर्दै आएको छ । क्याम्पसमा एकमुष्ट र फर्जी विद्यार्थी भर्ना खारेजीको माग गर्दै त्रिवि केन्द्रीय क्याम्पस, आरआर क्याम्पस, महेन्द्ररत्न क्याम्पस, सरस्वती क्याम्पस, सानोठिमी क्याम्पस, बानेश्वर क्याम्पसमा ताला लागेका छन् ।
आइतबार विद्यार्थी संगठनबीच त्रिवि उपकुलपति हीरालाल महर्जनसँग एकमुष्ट भर्ना खारेजीको विषयमा छलफल भए पनि सहमति भएन । ‘अन्य संगठनका साथीहरूले भर्ना खारेजीमा सहमति जनाएका छन् तर हिमाल शर्माले नमानेका हुनाले सहमति हुन सकेन,’ अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष शरद रसाइलीले भने ।

प्रतिक्रिया