ठूला दलका कारण राष्ट्रियता कमजोर : थापा

Kamal-Thapaकाठमाडौं, १२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कथित ठूला राजनीतिक दलका नेताहरुका कारण राष्ट्रियता कमजोर भएको आरोप लगाएका छन् ।
काठमाडौंमा आज (आइतबार) आयोजित कार्यक्रममा थापाले विगतमा ठूला राजनीतिक दलको अकर्मण्यता, अदूरदर्शीता तथा आत्मसमर्पणवादी चिन्तनले गर्दा देशको राष्ट्रियता गम्भीर संकटमा परेको बताए । उनले मुलुकलाई वर्तमान अस्थिर अवस्थामा ल्याउन ठूला दलहरु नै जिम्मेवार रहेको बताए ।
मुलुकमा संविधानसभाको निर्वाचनको मिति यथासम्भव चाँडो घोषणा गर्न आवश्यक रहेको उनको भनाई छ ।
उनले मुलुकलाई राजनीतिक संकटबाट निकास दिन निर्वाचनको मिति छिटो घोषणा गर्नु पर्ने बताए । उनले भने, ‘छिटो चुनाव सम्पन्न गरेमा मात्रै देश र जनताको हित हुन्छ ।’

प्रतिक्रिया