अस्तित्व स्वीकार नगरेकै कारण संविधानसभा विघटन

Rajkishor Yadavउदयपुर, १२ जेठ ।     मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले देश साझा फूलबारी भएकाले सबैले फूल्न पाउनुपर्ने बताएका छन् ।
अधिकार र पहिचान खोजिरहेका आदिवासी जनजाति र मधेसीहरुको अस्थित्व स्वीकार गर्न केही राजनीतिकदलहरुले फूल्न लागेका उत्पीडितहरुको अधिकारको कोपिला निमोठी दिएकाले अधिकार पाउनुपर्ने स्वतन्त्रतालाई हनन् गरेको बताए ।
उदयपुरमा आज (आइतबार) पत्रकारसँग कुरागर्दै उनले नेपाली/नेपालीको अस्थित्व स्वीकार गर्न नसेका कारण संविधानसभा विघटन भएको दाबी गरे । ‘अब पनि जनताले अधिकार नपाए देशमा गम्भीर दुर्घटनामा जान्छ,’ उनले भने ।

प्रतिक्रिया