दोलखाको चर्नावतीमा विद्युत् उत्पादन बन्द

Charnawati-Dolkha-souryadaiदोलखा, १२ जेठ । प्रभाबित क्षेत्रका स्थानीयले विगतका सहमति कार्यान्यन नभएको भन्दै दोलखा जिल्लास्थित चर्नावती खोला जलविद्युत् आयोजना बन्द गराएका छन् ।
आयोजनाका पदाधिकारी र स्थानीयबीच भएको छलफलमा सहमति हुन नसके पछि स्थानीयले इन्टेकको गेट बन्द गरेर बिद्युत् उत्पादनमा अबरोध गरेका हुन् । शनिबारदेखि सुरु भएको अबरोध आज पनि यथावत छ ।
तीन दशमलव नौं मेघा वाटको चर्नावती खोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु भएको एक महिना नबित्तै प्रभावित क्षेत्रका स्थानीयसँग भएको सहमति कार्यान्यनमा उदाशिनता देखाएको आरोप छ ।
भीमेश्वर नगरपालिका–९, काउले, विसुन्टोल, मागापौवाका स्थानीयले शनिबार दिउँसो देखि आयोजनाको इन्टेकको गेट बन्द गरेर अवरोध गरेका हुन् । स्थानीयले आयोजनालाई लिएर राजनीति सुरु गरे पछि सर्वसाधारण समस्यामा परेका छन् ।

प्रतिक्रिया