सरकार र राजनीतिक समितिबीच परामर्श

baluwatarकाठमाडौं, १२ जेठ । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उच्चस्तरीय राजनीतिक समितिबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको कानूनलगायतका विषयमा परामर्श भएको छ ।
अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा आज (आइतबार) भएको छलफलमा निर्वाचन कानूनका विषयमा परामर्श भएको नेताहरुले बताएका छन् । निर्वाचन कानूनमा संशोधन हुन नसक्दा चुनावको मिति घोषणा गर्न सरकारलाई कठिनाई भएको छ ।
बैठकमा निर्वाचनसम्बन्धि अध्यादेशमा न्यूनतम मत ल्याउनुपर्ने व्यबस्था (थ्रेसहोल्ड) राख्नुपर्ने, फौजदारी अभियोग लागेकाहरुलाई उमेद्वार बन्न नदिने प्रावधान राख्नुपर्नेलगायतका विषयमा छलफल भएको थियो । यद्यपि सो विषयहरुमा ठोस सहमति हुन नसकको नेताहरुले जनाए ।
एमाओवादी र मधेसी मोर्चाले पुरानै निर्वाचन कानून कायम गरेर निर्वाचनमा जान प्रस्ताव गर्दै आएका छन् ।
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले दलहरुका बीच नमिलेका विषयमा छिटो सहमति जुटाउन आग्रह गरे ।

प्रतिक्रिया