सनाको पक्षमा सलमान

salman-and-Sana-souryadailyमुम्बई १२ जेठ । आफ्नी नयाँ हिरोइन सना खानको बचाउमा उत्रनु अहिले बलिउडका दबंग सलमान खानको दिनचर्या बनेको छ । मुम्बई पुलिसले सना खानको पक्राउ पुर्जी जारी गरेपछि सलमानको दिनचर्या यस्तो बनेको छ । प्रहरीले १५ वर्षीय बालिका अपहरणको आरोपमा सनाको विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यो घटनालाई लिएर भारतीय सञ्चार माध्यममा लगातार रिपोर्टहरू सार्वजनिक हुन थालेपछि सलमान सनाको पक्षमा देखिएका हुन् ।
हिजो आज सना खानबारे केही कुरा सार्वजनिक भयो भने त्यसमा सलमान खानको समेत नाम जोडिने गरेको छ । सलमान खानले सञ्चालन गरेको रियालिटी सो बिग बोस–६ मा सना खानले भाग लिएकी थिइन् । त्यसो त सलमान खानको होम प्रोडक्सनमा निर्माण हुँदै गरेको चलचित्र ‘मेन्टल’ मा पनि सना मुख्य भूमिका छिन् ।
‘सना अहिलेसम्म सफल भइसकेकी छैन, उनलाई पब्लिसिटीको जरुरत छैन । सनाले त्यस्तो केही गरेकी छैनन् होला । उनीबारे गलत अफवाह फैलाइँदै छ ।’ सनाको पक्षमा सलमानले पछिल्ला केही समयदेखि यस्तै ट्विट गर्दै आएका छन् । सलमानले मिडियाप्रति पनि असन्तुष्टि जनाएका छन् । उनले ट्विट गरेका छन्– ‘१५ वर्षकी बालिकाको अपहरण ? के का लागि ? त्यो पनि बेलुकी ४ बजे र धेरै मानिसको चहलपहल हुने स्थानबाट ? कसरी सम्भव छ ? बरु तपार्इंहरू प्रहरीमा उजुरी गर्नेविरुद्ध छानबिन गर्नूस् ।’
सनालाई बिग बसको घरमा आमदर्शकले देखिसकेको दलिलत दिदै सलमानले आफ्नो ट्विटरमा लेखेका छन्–  जेल कुनै बिगबसको घर होइन ।’

प्रतिक्रिया