तेस्रो अन्तर्राष्ट्रिय गोजुरियो कराते

gojurio-karate-souryadailyकाठमाडौं : सुवास तामाङ र अनिश गिरी तस्रो अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिताको पुरुष २० केजी तौल मसूहको फाइनलमा शनिबार प्रवेश गरेका छन् । आकाशदीप स्कुलद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा जेनिश सुनवार र आकाश श्रेष्ठ, ३० केजीमा जम्बु शेर्पा र कमल ओली तथा ३५ केजीमा अजय लामा र सुमित मगर फाइनलमा पुगे ।
जोरपाटीस्थित दक्षिण ढोकामा भएको प्रतियोगिताको महिला २५ केजीमा सन्ध्या नगरकोटी र सदीक्षा श्रेष्ठ, ४५ केजीमा विनिता थापा र मन्जु लामा तथा ५० केजीमा मनीषा थापा र दावा लामाले फाइनलमा स्थान पक्का गरे । प्रतियोगिताको नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा नेपालसहित पाँच राष्ट्रका चार सय खेलाडीले ४५ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको कार्यक्रम संयोजक सानुबाबु गिरीले जनाएका छन् । (सौस)

प्रतिक्रिया