राहत वितरणमा पनि भेदभाव

काठमाडौं : दशवर्षे जनयुद्धमा जीवन गुमाएका वा अङ्गभङ्ग भएका प्रहरी कर्मचारी र त्यसका परिवारले सरकारले तोकेको राहत नपाएको गुनासो गरेका छन् । त्यस युद्धमा सशस्त्र प्रहरीका एक हजार ५०० ले वीरगति प्राप्त गरेका थिए भने १७ हजारभन्दा बढी अङ्गभङ्ग भएका पूर्वप्रहरी कर्मचारी परिषद् नेपालद्वारा शनिवार यहाा आयोजित कार्यक्रममा वक्ताहरूले दाबी गरे ।
ज्यान गुमाएका वा अङ्गभङ्ग भएकालाई दिइने क्षतिपूर्ति पनि उच्च तहका वा पहुाच भएका कर्मचारीले बढी पाउने र तल्ला तहका कर्मचारीलाई केही पनि नपाउने गुनासो सहभागीहरुले गरेका थिए । ज्यान गुमाएका वा अङ्गभङ्ग भएका प्रहरीका परिवारका छोराछोरीलाई कक्षा १० सम्म पढाउने व्यवस्था भएपनि उच्चशिक्षा हासिल गर्न सरकारले कुनै सहयोग नगरेको गुनासो पनि उनीहरूले
गरेका छन् ।
द्वन्द्वका समयमा एउटा हात र एउटा खुट्टा गुमाएका भट्टले शान्ति मन्त्रालयबाट कम्मर मुनिको भाग नचल्नेलाई रु १२ हजार पाउने व्यवस्था भए पनि एउटा छर्रा लागेको व्यक्तिलाई दिइने सरहको क्षतिपूर्ति दिने गरिएकोमा दु:ख प्रकट गरे ।
परिषद्का अध्यक्ष चिन्तबहादुर बस्नेतले प्रहरी सेवामा उल्लेखनीय योगदान दिने कर्मचारीलाई प्रमाणपत्र वितरण गर्दै दलीय व्यवस्थाको प्रवेशसागै नेताहरूले मुलुक विगारेको चर्चा गर्दै पत्रकारले नेताको पछि नलागी देशको विकास तथा सेवामा ध्यान केन्द्रित गरेर समाचार लेख्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया