डडेलधुरा असारभित्र खुला दिसामुक्त जिल्ला बन्ने

डडेलधुरा, १२ जेठ । डडेलधुरा जिल्लाको कुल जनसंख्याको ९३ प्रतिशत परिवारले शौचालय निर्माण गरेका छन् । डडेलधुरा जिल्लाको कुल घरधुरी संख्या २७ हजार ६ सय ३४ मध्ये २५ हजार ६ सय ९८ घरधुरीले शौचालय निर्माण गरेका भए पनि प्रयोगमा भने आठ हजार तीन सय १८ शौचालय प्रयोगमा आएका छन् भने दुई हजार चार सय ८३ शौचालय अद्यावधिक हुन बाँकी रहेका छन् ।
०७० असार २८ गते जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्ने तयारीसँगै शौचालय निर्माण कार्य तीव्ररूपमा भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर दलबहादुर शाहले बताए ।
उनले भने जिल्लाका मष्टामाण्डौ, समैजी, असिग्राम, देवलदिव्यपुर, रूपाल, कैलपालमाण्डौ र चिपुर पहिले नै खुल्ला दिशामुक्त गाविस घोषणा भइसकेका छन् ।  जिल्लालाई असार २८ गते खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने  प्रतिबद्धता पनि यहाँका विभिन्न राजनीतिक दल, नागरिक समाज, प्रमुख जिल्ला अधिकारीलगायतले गरिसकेका छन् ।
डडेलधुराका अगुवाहरूले जिल्लालाई असार २८ गते भित्र खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका भए पनि चर्पी बनाउने प्राविधिक सीप तथा ज्ञानमा कमी, राजनीतिक दल तथा नीति निर्माण र निर्णयकर्ताको प्रथमिकतामा नपर्नु, समन्वयको अभाव तथा फरकफरक अनुदान नीति हुनु लगायतका कारण पनि सरसफाइ विकासका विद्यमान बाधा र चुनौतीहरू रहेका छन् ।

प्रतिक्रिया