जलेर एक जनाको मृत्यू/दुई करोडको नोक्सानी

aago 1काठमाडौं, ११ जेठ । काठमाडौंमा आगलागी हुँदा एकजनाको जलेर मृत्यू भएको छ ।
कीर्तिपुर नगरपालिका–१७, पाण्डेछापका ७८ बर्षीय न्हुछेलाल महर्जनको जलेर मृत्यू भएको प्रहरीले जनाएको छ । महर्जनको फुसको छानो भएको घरमा शुक्रबार राति खाना पकाउने क्रममा अचानक आगलागी भएको थियो । आगलागीबाट घर पूर्ण रुपमा जलेर क्षति भएको छ ।
उता, मनाङ जिल्लाको धारापानी–५ स्थित ट्रेडस होटेलमा शुक्रबार राति आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा मोती गुरुङको सो होटलमा करीव एक करोड बराबरको क्षति भएको छ ।
आगोले जलेर मोती गुरुङ र उनकी पत्नी छिन्जु गुरुङ घाइते भएका छन् । उनीहरुलाई उपचारका गण्डकी अंचल अस्पताल पोखरामा लगिएको छ ।
यता, रुपन्देहीमा आगलागी हुँदा करीव डेढ करोड बराबरको क्षति भएको छ । सिद्धार्थ नगरपालिका–९, बर्मेली टोलका प्रमोदकुमार अग्रवालले पडसरी–४ मा संचालन गरेको लुम्बिनी फर्म फ्याक्ट्रीमा शुक्रबार राति करेन्ट सर्ट भएर आगलागी भएको प्रहरी भनाई छ । आगोले मेशिन, कच्चा पदार्थलगायतका सामानहरु जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया