संस्थानको प्रथम वार्षिकोत्सव सम्पन्न

Gaurab Shamsher jabaraकाठमाडौं, ११ जेठ । प्रधानसेनापति गौरव शम्शेर जबराले ‘नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान’को प्रथम वार्षिकोत्सवमा सरिक भएर शुभकामना दिएका छन् ।
काठमाडौंमा आज (शनिबार) आयोजित कार्यक्रममा प्रधानसेनापति जबराले संस्थानले उत्साहजनक सफलता हासिल गर्न सफल भएको बताए । उनले संस्थालाई सफलताका साथ अघि बढाउने प्राध्यापक तथा विद्यार्थीलाई बधाई तथा धन्यबाद दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य सम्बन्धि उच्चस्तरीय जनशक्ति उत्पादन गरी स्वास्थ्य क्षेत्रमा राष्ट्रको आवश्यकता र सेवा पुर्‍याउने सेनाका बहालवाला र अवकाश प्राप्त व्यक्तिका छोराछोरी एवं सर्वसाधारणलाई समेत सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्नु संस्थानको मुख्य उद्देश्य रहेको जबराले बताए ।
दक्ष स्वास्थ्यकर्मीको पेशागत दक्षतालाई अभिबृद्धि गरी राष्ट्रकै एक नमूना स्वास्थ्य शिक्षण संस्थानका रुपमा स्थापित गर्ने हेतुले २०६९ जेठ–१० गते ‘नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान’ स्थापना भएको थियो । संस्थान सैनिक कल्याणकारी कोषद्वारा संचालित छ ।

प्रतिक्रिया