तालिवान आक्रमणमा एक नेपालीको मृत्यू

afganistanकाठमाडौं, ११ जेठ । अफगानिस्ताको राजधानी काबुलमा तालिवान विद्रोहीको आक्रमणमा परी एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ भने दुई नेपाली घाईते भएको बिबिसीले जनाएको छ ।
बिबिसीका अनुसार शुक्रबार राति भएको आक्रमणमा सात जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय आप्रवासनको गेष्टहाउसमा आक्रमण गरिएको थियो । गेष्टहाउसमा कार्यरत तीन जना घाईते भएको संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्र संघका अनुसार ती मध्ये एक महिलाको अवस्था भने चिन्ताजनक छ । घटनाको जिम्मेवारी लिदै तालिवान  प्रवक्ताले सिआएलाई लक्षित गरेर आक्रमण गरिएको बताएका छन् । आक्रमणमा मृत्यु भएका नेपालीको परिचय भने खुलाइएको छैन ।

प्रतिक्रिया