रेग्मी अस्पताल भर्ना

imagesकाठमाडौं : निर्देशक शिव रेग्मी अस्पताल भर्ना भएका छन् । मृगौलासम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका हुन् । चाबहिलस्थित ओम अस्पतालमा उनको उपचार भइरहेको छ । विगत एक हप्तादेखि सो अस्पतालमा उपचार गराइरहेका रेग्मीको स्वास्थमा केही सुधार हुन सकेको छैन ।
मृगौलामा समस्या आएर लामो समयदेखि पीडित रहँदै आएका रेग्मीको स्वास्थ्य अवस्था प्रतिदिन बिग्रदै गएकोले अस्पताल भर्ना गरिएको उनका भाइ देवेन्द्र रेग्मीले बताए । उनले भने साधारण उपचारबाट सम्भव भएन भने दाइको मृगौलै फेर्नुपर्ने डाक्टरले बताएका छन् । चितवन भरतपुर–४ का स्थायी बासिन्दा रेग्मीले लामो समयदेखि प्रेसर र मधुमेहको औषधि प्रयोग गर्दै आएका छन् ।
नेपाली चलचित्र क्षेत्रमा रेग्मीले कैयाँै हिट चलचित्र दिएका छन् । रेग्मीका धेरैजसो चलचित्रले रेकर्ड पनि बनाएका छन् । विशेष गरी सेन्टिमेन्टल चलचित्र बनाउन माहिर रेग्मीको पछिल्लो चलचित्र ‘सो सिम्पल’ भने त्यति सफल हुन सकेन । यस चलचित्रमार्फत उनले छोरी भावना रेग्मीलाई अभिनयमा उतारेका थिए । एक साताभन्दा लामो समयदेखि अस्पताल भर्ना भएका रेग्मी प्रति चासो नत कुनै कलाकर्मीले देखाएका छन् नत कलासँग सम्बन्धित संघसंस्थाले नै । स्वस्थ हुँदा सबैको हाइहाइ भएका दाई बिमारीपर्दा कसैले वास्ता नगरेको देख्दा दु:ख लागेको गुनासो भाइ देवेन्द्रले गरे । (सौस)

प्रतिक्रिया