प्रचण्ड सन्की र उट्पट्याङ नेता : पाण्डे

surendra-pande-umlचितवन, १० जेठ । नेकपा एमालेका पोलिट्व्यूरो सदस्य सुरेन्द्र पाण्डेले संविधान सभा निर्वाचनमार्फत एमाले सबैभन्दा ठूलो पार्टीक रुपमा स्थापित हुने दावी गरेका छन् ।
संविधान सभा निर्वाचनको लागि पार्टी परिचालन अभियान अन्र्तगत एमाले क्षेत्र नम्वर २ चितवनले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा पाण्डेले एमालेको जनताको बहुदलीय जनवाद आम नेपाली माझ लोकप्रीय भएकोले निर्वाचनमा एमाले सबै भन्दा ठुलो पार्टीको रुपमा स्थापित हुने दावी गरे । उनले हतियारको आडमा राजनीतिमा आएको एमाओवादी पतन हुँदै जाने बताए । उनले हतियारको राजनीतिबाट जनता आजित भएकाले माओवादी बढारिएर जाने टिप्पणि गरे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकै व्यबहारले पनि माओवादीप्रति जनताको विश्वास कम हुँदै गएको पूर्वअर्थमन्त्रीसमेर रहेका एमाले नेता पाण्डेको कथन थियो । उनले भने, ‘प्रचण्ड सन्की र उट्पट्याङ नेता हुन् त्यसैले अब उनलाई जनताले विश्वास गर्न छोडिसके ।’

प्रतिक्रिया